SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

उत्तर कोरियाले गर्यो आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा

उत्तर कोरियाले आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा गरेको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशले  गुणात्मक र मात्रात्मक दुवै स्तरमा आफ्नो आणविक क्षमतालाई बलियो बनाउने घोषणा गरेको हो। बीबीसीले उल्लेख गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्धित गतिविधिहरूको निगरानी गर्ने आफ्नो सैन्य गुप्तचर निकायको भूमिका पनि विस्तार गर्नेछ।