प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्च पुग्यो, असार ३१ गतेका लागि पेसी
काठमाडौं । प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ । संविधानसंग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११) र २५९ संविधानको धारा २७४ (८) सँग बाझिएको भन्दै खारेजीको मागसहित कांग्रेसले शुक्रबार रिट दायर गरेको हो।
