SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

नेपाल र भारत ‘ए’ बीच टी२० शृङ्खला हुँदै

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ सँग ३ खेल सम्मिलित टी२० शृङ्खला खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ टिमले तीन खेल सम्मिलित टी२० शृङ्खला खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।  क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्कटल्यान्डमा भएको आईसीसी सम्मेलनका क्रममा भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)सँग यो शृङ्खलाका लागि सम्झौता भएको जानकारी दिएको हो।