SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतमा साउन ११ देखि नियमित सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ।प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने भएको हो। यसअघि, दुई हप्ता नियमित सुनुवाइ नहुने अभ्यास थियो।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार साउन आगामी साउन १ गतेदेखि ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा भने दर्ता तथा सुनुवाइ हुनेछ।