गणेश नेपालीको आत्मदाहसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गर्न नेकपाको माग
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आत्मदाह गरेका गणेश नेपालीप्रति राज्यका निकायहरूले अमानवीय व्यवहार गरेको आरोप लगाएको छ। आज विज्ञप्ति जारी गरेर नेकपाले आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनीमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउने जस्ता अमानवीय व्यवहार गरिएको आरोप लगाएको हो।
