SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

आत्मदाहको प्रयास गरेका सर्लाहीका मण्डललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं : आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले हेरिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। बिहीबार दिउँसो शरीरमा उनले पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।