SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका चार्ज द’अफेयर्सबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।