SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

शव उठाउन अवरोध भएपछि तनाव, प्रहरीले प्रहार गर्यो २१ सेल अश्रुग्यास

विराटनगर : विराटनगर महानगरपालिका–१८ स्थित भेडियारी पोखरीमा डुबेर मृत्यु भएका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउने क्रममा शुक्रबार केहीबेर तनाव उत्पन्न भएको छ। कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव कोशी अस्पताल लैजान खोज्दा मृतकका आफन्त र स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने गर्दै माग पूरा नभएसम्म शव लैजान नदिने अडान लिएका थिए।