SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

नेपालले घरेलु मैदानमा भारत ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौँ । नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग तीन खेलको टी–२० सिरिज खेल्ने भएको छ । सिरिजले नेपाली टोलीलाई बलियो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार सिरिजका तीनवटै खेल डिसेम्बर महिनामा हुनेछन् ।