SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सेवा दल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले मुलुकको सैन्यकरण गर्न यो विधेयक नआएको स्पष्ट पारिन् ।