SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

नेपालीको जलन र निधनको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । दिवङ्गत नेपालीलाई श्रद्धाञ्जली दिन आज चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) पुग्नुभएका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गरे ।