SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

चितवनमा टोयोटाको अत्याधुनिक ‘३एस’ शोरुम सञ्चालनमा

चितवन । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेड्स सिन्डिकेट (युटीएस) प्रा.लि. ले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । कम्पनीले अटोवेज पोखरा प्रा.लि.लाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर्स पार्टस्) सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।