वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति प्रदान
काठमाडौं : वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारमा गएका, मृत्यु भएका तथा अशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ। विवरणअनुसार हालसम्म देशभरका ३ हजार ३६३ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। प्राप्त विवरणअनुसार छात्रवृत्ति पाउने कुल विद्यार्थीमध्ये १ हजार ७८१ जना छात्र र १ हजार ५८२ जना छात्रा रहेका छन्।
