प्रशासनद्वारा ‘अलौकिक उपचार’ शिविर बन्द, सहभागीलाई शुल्क फिर्ता
धनकुटा। धनकुटाको पाख्रीबास नगरपालिका–४ मा सञ्चालन भइरहेको ‘अलौकिक उपचार’ शिविर जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि शुक्रवार रोकिएको छ। प्रशासनले कार्यक्रम तत्काल बन्द गराएको छ भने उपचारका नाममा सहभागीबाट उठाइएको शुल्कसमेत फिर्ता गराउन थालेको छ। कार्यक्रम सञ्चालन गरिरहेका आफूलाई धर्मगुरु बताउने सिमान्त केसी हाल सुरक्षा निकायको नियन्त्रणमा छन्। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।
