असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने
काठमाडौँ । सरकारले असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागको बताएका हुन् । उनले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताए ।
