रोजगारीको अभाव र अवसरको कमीले युवामा चरम निराशा बढ्दैछ: जगदीश खरेल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसदमा समेत आवाज उठाएको जानकारी दिए ।
