सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनु दुःखद्- गणेश पराजुली
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् । शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।
