SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

गणेश नेपाली मृत्यु प्रकरण : वीर अस्पताल परिसरमा प्रदर्शन

काठमाडौं : राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको निधन भएपछि आफन्तजन लगायतले वीर अस्पतालमा प्रदर्शन गरेका छन् । राज्यका कारण नेपालीको मृत्यु भएको भन्दै उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । शुक्रबार बिहान अस्पतालले नेपालीलाई मृत्यु भएको घोषणा गरेपछि आफन्तजन, शुभेच्छुक तथा युवाहरु वीर अस्पताल पुगेका थिए । हत्यारा सरकार मुर्दावाद लेखिएको प्लेकार्ड देखाउँदै युवाहरुले अस्पताल परिसरभित्र प्रदर्शन गरेका हुन् ।