समृद्धि र पोखराको एकीकृत कारोबार शुभारम्भ
समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्सको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रुपमा शुभारम्भ गरे।पोखरा फाइनान्सका निर्वतमान अध्यक्ष राज कुमार गुरुङले स्वागत मन्तव्य राख्नु हुँदै मर्जरको आवश्यकता र औचित्यता माथि प्रकाश पारे।
