गणेश नेपाली मृत्यु प्रकरण : डीआइजी थपलियाको नेतृत्वमा सरकारले बनायो छानविन समिति
काठमाडौं : काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २५ वर्षीय युवा गणेश नेपाली उपचारका क्रममा मृत्यु भएपछि सरकारले घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् ।
