SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

सरकारले भन्यो- नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

काठमाडौँ । सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो । केही दिनअघि नेपालमा दलाई लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसदमा नेपाल एक चीन नीति विपरीत गएको हो रु भन्दै प्रश्न उठेको थियो ।