गणेश नेपालीको मृत्युपछि वीर अस्पताल क्षेत्र तनावग्रस्त
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएपछि उनका आफन्तसहितले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् । बिहीबार राहदानी विभागअगाडि बाइकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । पछि उनलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो ।
