सरकारले १०० दिनमा पनि रोजगारी सिर्जनाको कार्ययोजना ल्याएन: खुश्बु ओली
काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रस्तुत गर्न नसकेको दाबी गरेकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।
