SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रवार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक २०८३ प्रमाणीकरण गरेको जानकारी सांसदहरूलाई गराएका हुन् ।