SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत : खुश्वु ओली

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्वु ओलीले आत्मदाहपछि भएको गणेश नेपालीको मृत्यु कुनै एक परिवारको मात्र पीडा नभई सरकारप्रति जनतामा बढ्दो निरासा, असुरक्षा र भरोसा अभावको भवावह संकेत भएको बताएकी छिन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले सरकारले आशा बाँड्ने वाचा गरेको तर जनता निरासामा बाँच्न वाध्य भएको एउटा उदाहरण गणेश नेपालीको मृत्यु भएको बताएकी छिन् ।