SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

विभिन्न देशका अनलाइन ठगीमा परेका ८३६ नेपालीको उद्धार

काठमाडौं : दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन् ।