माईतीघरमा नारा- ‘बालेन सरकारको हातमा रगत छ !’
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माइतीघर यतिबेला तनावग्रस्त बनेको छ । बिहीबार महानगर प्रहरीले जरिवाना तिराएपछि असन्तुष्ट बनेका उनले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि सो घटनाको विरोधमा शुक्रवार माइतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् ।
