SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन गर्दै सरकार

काठमाडौँ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे नेपाल बीमा प्राधिकरणबाट अध्ययन भइरहेको जानकारी दिएकी हुन् ।