SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावली तत्काल फिर्ता लिन ईक्यानको माग

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (ECAN) ले सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल फिर्ता लिन माग गरेको छ। शुक्रवार आधिकारिक धारणा सार्वजनिक गर्दै ईक्यानले नियमावली निर्माण तथा जारी गर्ने प्रक्रियामा शैक्षिक परामर्श क्षेत्रका सरोकारवालासँग पर्याप्त र अर्थपूर्ण परामर्श नगरिएको भन्दै आपत्ति जनाएको हो।