SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्यु भएपछि काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं : राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि माइतीघरमा युवाले प्रदर्शन गरेका छन्। सर्वसाधारणहरू स्वतःस्फूर्त रूपमा माइतीघरमा उत्रिएका हुन् । माइतीघरबाट प्रदर्शनसहित वीर अस्पताल जान लागेका युवाहरूलाई प्रहरीले रोकेको छ । वीर अस्पताल, भद्रकाली र माइतीघर क्षेत्रमा सर्वसाधारणहरू सरकारको विरोधमा उत्रिन थालेपछि उल्लेख्य रूपमा प्रहरी परिचालन गरिएको छ । नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। वीर अस्पतालमा पनि समर्थकको भीड लागेको छ।