ठूलै अपराध गरेर आए जस्तो गणेश नेपालीकाे शव राखिएको छ, परिवारलाई हेर्न पनि दिइएको छैन : ऐन महर
काठमाडौं : नेकपा एमालेका सांसद ऐन महरले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको शव ठूलै अपराध गरेर आएका व्यक्तिको जस्तै गरी वीर अस्पतालमा राखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद महरले हिजो रातिदेखि नै परिवारका सदस्यहरुलाई समेत भेट्न नदिइएको पाइएको बताएका छन् ।उनले अहिलेसम्म गणेशको शव परिवारलाई हस्तान्तरण नगरेको र प्रहरीले ठूलो सुरक्षा दिएर राखेको बताउँदै सांसद महरले भने, ‘मानौं ठूलै अपराध गरेर आए जसरीकन शव राखिएको छ । यो दुःख छ ।
