SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनु पर्छ : सांसद भूमिका सुब्बा

काठमाडौं : नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकका सांसद सुव्वाले सुरक्षाको प्रकृति र गम्भीरतालाई ख्याल नगरी हचुवाका भरमा गरिएको जरिवाना प्रणालीकै कारण नेपालीको ज्यान गएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।उनले नेपालीको मृत्युले राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि पनि गम्भीर प्रश्न उठेको धारणा राखिन् ।