SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

गणेश नेपाली मृत्यु प्रकरण : नेकपाले माग्यो सरकारको धारणा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता बर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् ।उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकार असफलता हो ? भन्दै प्रश्न गरे ।त्यस्तै उनले पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटनाको कारणका बारेमा सत्यतथ्य पत्ता लगाउँदै सरकार जवाफदेही बन्न माग गरे।