SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

समयमा नै काम सम्पन्न गर्ने निर्माण कम्पनी सम्मानित

डडेलधुरा : समयमा नै निर्माण सम्पन्न गर्ने दुईवटा कम्पनीलाई सम्मान गरिएको छ । निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने दुई निर्माण व्यवसायी (जेभी)लाई पूर्वाधार विकास कार्यालय डडेलधुराले सम्मान गरेको हो।शुक्रबार आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख नवराज रावलले राजेन्द्र–तेज–दुनिला जेभी, धनगढी र सिद्धनाथ–जयभगवती जेभीलाई सम्मानपत्र प्रदान गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गरेकोमा प्रशंसा गरेका छन्।