SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सरकारका जनविरोधी कदमले नागरिक आत्मघाती निर्णय लिन बाध्य भएको एमालेको आरोप

काठमाडौं : नेकपा एमालेले वर्तमान सरकारका जनविरोधी र गरिब मारा काम कारबाहीका कारण नागरिकहरू डिप्रेसनको सिकार हुनुका साथै आत्मघाती निर्णय लिन बाध्य भइरहेको गम्भीर आरोप लगाएको छ। पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत एमालेले सरकारको कडा आलोचना गरेको हो। कर्णालीको विकट मुगु जिल्लाबाट काठमाडौँ आई परिवार पाल्नका लागि 'राइडर' का रूपमा काम गरिरहेका २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको निधनप्रति एमालेले गहिरो दुःख व्यक्त गरेको छ।