SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्यु घटनाको सरकारले छानविन गर्छ, अन्याय हुन दिदैन : जगदीश खरेल

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनालाई सरकारले सत्यतथ्य छानविन गरी अन्याय हुन नदिने बताएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपा सांसद खरेलले आत्मदाहपछि भएको गणेश नेपालीको मृत्युले आफूहरु सबैलाई दुीखत बनाएको बताउँदै यो घटना जसरी भयो, सरकारले यसलाई गम्भिर रुपमा लिने र राम्रोसँग छानविन गर्ने, यसको गहिराईसम्म पुगेर यसको सत्यतथ्य पत्ता लगाएर उनी र परिवारमाथि सरकारले अन्याय हुन नदिने विश्वास व्यक्त गरे ।