वीर अस्पतालले भन्यो-५५ प्रतिशत शरीर जलेका गणेशको ज्यान जोगाउन सकिएन
काठमाडौं : काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा वीर अस्पताल भर्ना भएका नेपालीको आज (शुक्रबार) बिहान ११:१९ बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ।मुगु जिल्लासोरु गाउँपालिका वडा नं. १ निवासी नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको थियो।
