SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

ज्ञानेन्द्र शाहीको आरोप- सरकारका सबै निर्णयहरू अर्बपति र करोडपतिहरूको पक्षमा केन्द्रित छ

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरू अर्बपति र करोडपतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरूजस्ता गरिब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे ।