सार्वजनिक लेखा समितिको बेरुजू छलफलका लागि उपसमिति गठन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेको थियो ।बैठकमा ३ उपसमितिको नेतृत्व रास्वपा र बाँकी दुई उपसमितिको संयोजकको जिम्मेवारी एमाले र राप्रपालाई दिइएको छ ।
