SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

मधेसमा धान रोपाइँ सुस्त

ढल्केवर : मनसुन सक्रिय हुन थाले पनि मुलुकको प्रमुख धान उत्पादन क्षेत्र मधेस प्रदेशमा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लाका किसान अझै आकाशे पानीको प्रतिक्षामा छन् भने यसले धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढाएको छ।कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार प्रदेशका आठ जिल्लामा रहेका ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८ सय ९५ हेक्टरमा मात्रै रोपाइँ भएको हो। जिल्लागत विवरणअनुसार सबैभन्दा बढी रोपाइँ सिरहामा भएको छ।