SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

संसद्मा मल खोजिरहेका सांसद

काठमाडौं :‘सम्माननीय सभामुख महोदय, म भात खान्छु। सरकारले के खान्छ ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन ? त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ।’प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले यी शब्दहरू बडो गम्भीर भावमा उच्चारण गरे, तब संसद् हलमा स्वयं सत्तापक्षका सांसदहरूले नै टेबल ठटाए।