SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

संसदमा उठ्यो गणेश नेपाली मृत्यु प्रकरण, कांग्रेसले सम्झायो बालेन शाहको ‘स्टाटस’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको मृत्युको घटना उठाएको छ ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद बासना थापाले २०७९ माघ १० गते इलामका प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लेखेको स्टाटस सम्झाउँदै सांसद थापाले उक्त स्टाटस सम्झिनु भएको छ कि बिर्सिनु भयो भन्दै प्रश्न गरेकी छन् ।