SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्यु यो राज्यको नीतिका कारण : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले हिजो आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु राज्यको नीतिका कारण भएको बताएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले यो काठमाडौं शहर अरबपति र करोडपतिको मात्रै हो भन्द्र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब दुःखी र निमुखाको पनि शहर को कि होइन भन्द्र प्रधानमन्त्रीलाई संसदमार्फत प्रश्न गरेका छन् ।