SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्युमा राज्य सरकारले ‘स्टण्डबाजी’ गर्यो, हिजै मृत्य भएको रहेछ : सांसद शाही

काठमाडौं : प्रतिनिधिसभाका सांसद खड्गबहादुर शाहीले आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको निधनमा राज्यले नाटक गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मुगुकै सांसद शाहीले राज्य र सरकारले निमुखा वर्गलाई आफै आत्महत्या गर्न वाध्य बनाउने अवस्था सिर्जना गरेको बताएका छन् । उनले मुगुका गणेश नेपालीको मृत्युमा वर्तमान सरकारले नाटक गरेको बताएका छन् । उनले हिजो आफू वीर अस्पताल गएर गणेशको अवस्था बुझेको र डाक्टरले ९५ प्रतिशत बाँच्ने अवस्था नभएको जानकारी गराएको उनले बताए ।