SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

जनकपुरधाम । वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उनीहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन् ।