धनगढी उपमहानगरबाट साउन देखि भूमि प्रशासन सेवा प्रवाह हुने
धनगढी : धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक भूमि प्रशासन सेवा प्रवाह सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि उपमहानगरभित्रका भूमि प्रशासन (मालपोत र नापी) का सम्पूर्ण कार्यहरू उपमहानगरपालिका आफैँले गर्ने जनाएको छ।भूमि प्रशासन सेवा प्रवाहका लागि आजदेखि उपमहानगरका २० जना कर्मचारीहरूलाई तालिम दिन सुरु गरिएको छ।
