SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

काठमाडौं : काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । काठमाडौंस्थित राहदानी विभागको कार्यालय परिसरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ । यद्यपी अस्पतालले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।उनको वीर अस्पतालमा भेटिन्टलेटरमा राखेर उपचार भइरहेको थियो ।