SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श नियमावली २०८३: नियमन कि व्यवसायीमाथिको पूर्वाग्रह?

काठमाडाैं । सरकारले हालै ल्याएको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली २०८३, शैक्षिक परामर्श व्यवसायलाई कानुनसम्मत ढंगले नियमन गरी थप व्यवस्थित, पारदर्शी, उत्तरदायी, गुणस्तरीय र विद्यार्थी मैत्री बनाउनेभन्दा पनि अधिक नियन्त्रण गरेर केही सीमित स्वार्थ समूहको मात्र पक्षपोषण हुने गरी ल्याइएको प्रष्ट देखिन्छ।