SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

कलंकी र नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दु:ख दिएको आरोपमा ६० जना पक्राउ

काठमाडौं : यात्रुलाई दु:ख दिएको आरोपमा प्रहरीले काठमाडौंको कलंकी र नयाँ बसपार्क क्षेत्रका ६० जनालाई पक्राउ गरेको छ ।लामो समयदेखि पैदल हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने, सामान र झोला तानेर हैरानी दिने गरेको आरोपमा ६० जनालाई बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।उनका अनुसार आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए।