नबाले १०, ननिभाए १०० : सरकारको अलिखित संविधान
नेपालको कानुन दैवले जानून्’, यो उखान कुनै अतिशयोक्ति होइन, न त असफल परीक्षार्थीको आधारहीन कुण्ठा नै हो। यो त हाम्रा सरकारी कार्यालयहरूको कार्यशैलीमा जीवन्त रूपमा लागू भइरहेको एउटा अघोषित संविधानजस्तै हो।कुनै सरकारी कार्यालयमा ‘आफ्ना मान्छे’ अर्थात् मामाको फुपूको सालोको भेनासम्म कोही भेटिए भने नियम–कानुनको बाटो अत्यन्त सरल र सहज बन्छ। हाकिमका साढुभाइको सालो चिनेको प्रमाण दिन सकियो भने फाइलले रकेटको गति समात्छ; नत्र सरकारी ढोकाभित्रको कछुवा गति नै सर्वसाधारणको नियति बन्छ।
